काठमाडौं–प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी(प्रहरी उपरीक्षक) हरुको काज सरुवा गरेको छ ।
तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरु फेरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटमा शान्तिराज कोइरालालाई पठाइएको छ । नुवाकोटमा रहेका संजयसिंह थापालाई मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर धनुषा पठाइएको छ ।
बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह र महोत्तरीमा नकुल पोखरेलको सरुवा भएको छ । धनुषामा भुवनेश्वर तिवारीलाई पठाइएको छ । महोत्तरीमा श्याम राई कार्यरत थिए । सर्लाहीमा दयानिधी ज्ञवाली र धनुषामा मित्रबन्धु शर्मा कार्यरत थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !