काठमाडौँ–राजा ज्ञानेन्द्र शाहले राष्ट्रको गौरव फर्काउनको सबै एक जुट हुनुपर्ने बताउनु भएको छ ।

शनिबार जुम्लामा रहेको चन्दननाथ र भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोलाई सम्बोधन गर्दै राजा शाहले भन्नुभो,‘राष्ट्रको गौरव फर्काउनका लागि जुटांै । देश बनाउनको लागि जुटांै । हामी हाम्रै पाखुराको पाखुराको बलमा कम्मर कसौ,¬’ उहाँले भन्नु भने ।

राजनीतिक दलहरुलाई लक्षित गर्दै राष्ट्रिय सोच बनाएर अगाडि बढ्नु पर्ने बताउनु भो । उहाँले परिवर्तनसँगै समय बहिरहेकाले दलहरुलाई सुध्रनको लागि आग्रह गर्नु भएको छ । ‘अब सुध्रौ, चेतांै । सबैले सबैलाई सम्झेर राष्टिय सोच बनाऔ । नया समmभदारी नया सद्भावका साथ,’ उहाँले भन्नुभो । नागरिकहरु रोजगारीका लागि विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्ने उहाले जोड्दिनु भएको छ ।

राजा शाह िदउसाे नाइन एन एएमजी सिम्रिक एयरको जहाजबाट जुम्ला पुग्नु भएको थियो ।

नागरिक मूल आयोजक समिति र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही लगायत नागरिकले बाजागाजा सहित राजा शाहको स्वागत गरेका थिए । कर्णाली प्रदेशका जुम्लालगायतका स्थानहरूबाट नागरिक अभिनन्दनमा सहभागी भएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल