काठमाडौं–संवैधानिक राजसंस्था सहितको बैदिक सनातन हिन्दू अधिराज्य पुनः स्थापनाको माग गर्दै काठमाडौंमा जुलुस निकालिएको छ ।
राजावादी एकदर्जनभन्दा बढी संघसंस्थाहरु मिलेर शनिबार दिउसो महेन्द्र शालिकबाट निस्केको प्लेकार्ड र व्यानर सहित नारावाजी गर्दै सहर परिक्रम गरेको थियो ।
व्यानर सहित प्लेकार्डमा–संवैधानिक राजसंस्था स्थापना गरौ, विदेशी हस्क्षेप बन्द गर, राष्टिय एकता कायम गरांै, स्वास्थ्य शिक्षा भूमाफिया होशियार, २०७२ को विभेदकारी संविधान खारेज गरौ, भन्ने जस्ता नारा लगाएका थिए । माग पूरा नभएसम्म जुलुस निस्कने आयोजकहरुले जनाएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !