नुवाकोट–मातृभाषालाई जीवन्त राख्न सदरमुकाम विदुरमा नेपाल भाषाको प्रशिक्षण दिइएको छ ।
एकसाताव्यापी नेपाल भाषा प्रशिक्षण मातृभाषा र संस्कृति जोगाउन बालबालिकालाई उक्त प्रशिक्षण दिएको हो । यही चैत १७ देखि २३ गतेसम्म संचालित प्रशिक्षणमा १४ जना बालबालिका सहभागी थिए ।
उनीहरुलाई पवित्र कसा र नरेन्द्र अमात्यले सहजीकरण गरेका थिए । प्रशिक्षक कसाले काठमाडौंबाट भर्चुअल प्रशिक्षण दिएका थिए । प्रशिक्षक कसा नेपाल भाषाको विज्ञ तथा गायक हुन् । शैक्षिक सत्र सकेर बसेका बालबालिकालाई समयको सदुपयोग गर्दै स्थानीयकै पहलबाट भाषा संरक्षण प्रशिक्षण संचालन गरिएको संयोजक सुनील श्रेष्ठले बताए । समुदायको पहिचान भनेको भाषा, संस्कृति र रितीरिवाज भएकाले यसको जगेर्नाका लागि स्वयं समुदाय नै लाग्नुपर्नेमा संयोजक श्रेष्ठले जोड दिए ।
बालबालिकालाई सामान्य बोलचाल भाषालाई प्राथमिकता दिई नेवारी भाषामा आफ्नो परिचय, व्याकरण, दैनिक प्रयोग हुने शब्दवली लगायतमा प्रशिक्षण दिइएको प्रशिक्षक अमात्यले बताए । नेपाल भाषामा रुची भएका अन्यलाई पनि व्यवस्थित तरिकाले प्रशिक्षणका दिइने संयोजक श्रेष्ठले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !