काठमाडौं– राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले मशाल जुलुस निकालेको छ ।
शनिबार साँझ पार्टी कार्यालय लोकतान्त्रिक चोकबाट नारा सहितको मशालजुलुसले सदरमुकाम विदुरबजार हुँदै मैथली क्याम्प छेउ पुगेर विदुरचोकमा आएर समापन भएको थियो ।
मशाल जुलुसमा राप्रपाका नेता तथा कार्यकर्ताहरुले राजतन्त्र जिन्दावाद, संघीयता खारेज गर, हिन्दू राष्ट कायम गर् भन्दै नारा लगाएका थिए ।
राप्रपा नुवाकोट अध्यक्ष कुलबहादुर खड्गीको नेतृत्वमा निस्केको मशाल जुलुस निस्केको थियो । आगामी चैत २७ गते काठमाडौंमा हुने जनप्रदर्शनमा सहभागी हुन आव्हान गरिएको राप्रपा नुवाकोटले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !