काठमाडौं–सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदाममा सोमबार साँझ पौने पाँच बजे आगलागी भएको छ ।

आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा, बन्दोबस्तीका सामान, अस्पतालका उपकरण लगायतका सामान आगोमा जलेका छन् । उक्त केन्द्रीय गोदाममा सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाममा आगो लागेको हो । आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागी घटनाबारे छानविन गर्न सशस्त्र कार्यविभागका एआइजी वंशीराज दाहालको नेतृत्वमा ९ सदस्यीय प्राविधिक अधिकृत सम्मिलित समिति गठन गरेका छन् ।

आगलागीबाट ठूलो धनराशीका सामानहरु जलेर नष्ट भएको बताइएको छ । आगलागी घटनापछि गृह मन्त्रालयका पदाधिकारीहरु बलम्बु पुगेर थिए । आगलागी नियन्त्रण गर्न ४ वटा दमकल,सशस्त्र, स्थानीय लगायत लागिपरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल