काठमाडौं–डोल्पामा डढेलो निभाउने क्रममा घाइते एकजना नेपाली सेनाका सिपाहीको मृत्यु भएको छ ।

देवीदत्त गुल्ममा कार्यरत सिपाही २४ वर्षीय हेमन्त रावतको मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन् । उनी जुम्लाको तातोपानी गाउँपालिका – ४ स्थायी वासिन्दा हुन् ।

डोल्पाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका ४ जना सेना घाइते भएका थिए ।

घाइते २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो भने २ जनालाई खराब मौसमका कारण हेलिकप्टरले उड्न भर्न नसक्दा जिल्ला अस्पतालमा उपचार भइरहेकोमा सिपाही रावतको डोल्पा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन् ।

उक्त वनमा आइतबार दिउँसोदेखि आगलागी भएको थियो । ठूलो हावाहुरीका कारण आगो नियन्त्रण बाहिर गएपछि अझै निभेको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल