काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राखेको ४० बुदे माग सरकारले पूरा नगरेको भन्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरी घाइते भएको बताइएको छ । प्रदर्शन गर्ने क्रममा राप्रपाका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मी बीच झडप भएको हो ।

मंगलबार प्रदर्शनका क्रममा सिंहदरबारको पश्चिमद्वार भद्रकाली मन्दिरबाट अगाडि प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा तथा लाठीचार्ज भएको हो । विरोध स्वरुप सिंहदरबारतर्फ बढिरहेको प्रदर्शनकारीको भीडलाई प्रहरीले रोक्न खोज्दा उक्त झडप भएको हो ।

प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र लाठीचार्ज गरेको थियो । भृकुटीमण्डपबाट सुरु भएको जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडपमा परिणत भएको थियो । त्यसपछि प्रहरीले पानीको फोहोरा हानेको थियो ।

राप्रपाले राजासहितको संवैधानिक शासन व्यवस्था हुनुपर्ने, गणतन्त्र खारेज गर्नुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका ४० बुदे माग यसअघि सरकारलाई बुझाएपछि उक्त माग सम्बोधन नभएपछि राप्रपा आन्दोलनमा उत्रिएको हो । प्रदर्शनको नेतृत्व गरेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर, ज्ञानेन्द्र शाही लगायतले आन्दोलन जारी राख्ने बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल