काठमाडौं– डोल्पाको जंगलमा लागेको डढेलो निधाउने क्रममा जलेर घाइते भएका थप दुई सैनिकको मृत्यु भएको छ ।

सोमबार ठूलोभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गण ‘क’ का चार सैनिक घाइते भएका थिए । ती मध्ये एकको डोल्पामै सोमबार साँझ र थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको मृत्यु भएको थियो भने मंगलबार कीर्तिपुर अस्पतालमा जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढाको मृत्यु भएको छ । प्युठ विजय कोइरालाको भने उपचार भइरहेको नेपाली सेनाले जनाएको छ ।

सामुदायिक वनमा केही दिनदेखि डढेलो लागे थियो । सो आगो नियन्त्रण गर्न नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल