काठमाडौं– स्थानीय प्रशासनले सुनसरीले ५ वटा स्थानीय तहमा लगाएको लगाएको कर्फ्यू हटाएको छ ।
स्थानीय प्रशासन सुनसरीले हरिनगर, देवानगञ्ज गाउँपालिका, कोशी गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिकामा पूर्णरुपमा कर्फ्यू हटाएको मंगलबार प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यव्दारा जारी विज्ञप्तिमा जनाएको छ ।
कर्फ्यू हटे पनि ती स्थानीय तहमा भेला, जुलुस गर्न, सामाजिक संजालको दुरुपयोग गरी विभिन्न पोष्ट गर्न, प्रतिबन्ध लगाइएको छ ।
दुई समूहबीचको विवादले उग्ररुप लिएपछि गत शुक्रबार बेलुकाबाट स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !