काठमाडौं–राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन् ।
बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई २३ मतले पराजित गरेर उपाध्यक्षमा निर्वाचित भईन् । घिमिरेले ३९ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी पुडासैनीले १६ मत प्राप्त गरिन् ।
घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए ।
यसअघि राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजिनामा दिएपछि उक्त पदमा निर्वाचन भएको हो
घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । राष्ट्रिय सभामा ४ वर्ष काम गरेकी घिमिरेको कार्यकाल दुई वर्ष मात्रै बाँकी छ ।
२०२९ साल साउन १२ गते कपिलवस्तुमा जन्मिएकी घिमिरेले २०४७ सालमा एमालेको संगठित पार्टी सदस्यता प्राप्त गरेकी थिइन् । उनी पार्टीको विभिन्न पदमा काम गरेकी घिमिरे एसएसलीसम्म अध्ययन गरेकी छिन् ।
राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि घिमिरेले अब दलीय आवद्धता त्याग गर्नुपर्ने कानुनी प्रावधान छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !