काठमाडौं– राजा ज्ञानेन्द्र शाहले व्यवस्था बदलिए पनि देशमा गुणात्मक परिवर्तन हुन नसकेको बताउनु भएको छ ।

नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राजा शाहले जनताको सुख समृद्धिमा सुधार नहुनु चिन्ताको विषय भएको बताएका हुन् ।

‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन । आज आम नेपालीको चिन्ता यही विषयमा छ । न देशको गौरब गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ। जान्ने बुझ्ने बुढापाकाहरु अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौंतारिएका छन्,’ उहाँले भन्नु भो ।

देशको युवा शक्ति पलायन हुँदै जानु गम्भीर विषय भएको बताउदै उहाँले भन्नुभो,‘देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो। शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको ब्यवस्था खस्किँदै जानु आजको विडम्बना हो।’

उन्नत राजनीतिक विधिले आशा जगाउन सक्नुपर्नेमा देशमा त्यसो हुन नसकेको राजा शाहले भन्नु भो,‘उन्नत राजनीतिक विधि विधानले उच्चत्तम उपलब्धि र आशा जगाउन सक्नु पर्दछ। जनतामा उत्साह पैदा गर्न सक्नु पर्दछ। तर हामीकहाँ दाँयाबाँया जता पनि लाग्ने, निश्चित गन्तव्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिँदै गएको छ। यस्तो हुनु राष्ट्रिय चिन्ताको कुरा हो। त्यसैले अब त्यो सबै कुराको पुनरावलोकन गरौँ, गम्भीर भएर सोचौँ, सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँ र सही चिन्तनको माध्यमबाट निष्कर्षमा पुगौँ।’
साभारः देशसंचार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल