काठमाडौं–चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ ।
गोरखा आरुघाट गाउँपालिका–८ पोखरी स्यायीवासिन्दा हाल रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिवार मध्यान्ह चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन गएका थिए । उनलाई गैंडाको आक्रमणबाट गम्भीर भएपछि चितवन मेडिकल कलेजमा उपचारको क्रममा पौने दुई बजे उनको मृत्यु भएको त्यहााका प्रहरी अधिकारीले जनाएका छन् ।
मृतक रेग्मी सौराहाको जंगल वल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएको र उनी रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेका थिए । उनीले भ्रमण गराउन लगेका पर्यटकभने सकुशल रहेको बताइएको छ ।
वन्यजन्तुले गाइडलाई आक्रमण विरलै हुने गरेको निकुञ्जमा कार्यरत पदाधिकारीले जनाएका छन् । उनको शव भरतपुर अस्पतालको शवगृह पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !