काठमाडौं– कर्णाली प्रदेशको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा च्याउ टिप्न गएका ३ बालबालिका आगलागीमा परेर गम्भिर घाइते भएपछि उपचारको क्रममा मृत्यु भएको छ ।


आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको थियो भने २ जना १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको शनिबार काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु गएको बिहीबार आगलागी घटनामा परेका थिए । उनीहरु गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका गाउँलेहरुले जनाएका छन् ।

ती तीन बालबालिकाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । आगलागीमा परेका २ जना बालबालिकाको डोल्पामा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो ।

यसअघि डोल्पामा गत मंगलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगलागी नियन्त्रण गर्ने क्रममा ३ जना नेपाली सेनाको मृत्यु भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल