काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिंगो शनिबार साँझ तान्त्रिक विधिअनुरुप पूजा अर्चना गरी लिंगो ढालेपछिे जात्रा सकिएको छ ।

बिस्केट जात्राको चौथो दिन शनिबार साँझ भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिंगो शनिबार दिनभर जात्रा, पूजा एवं बली दिएर ढालिएको थियो ।

५५ हात लामो, नाङ्लो जत्रो फराकिलो लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको थियो । लिंगो ठड्याउनु अघि लिंगोको टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरुप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिंगो ठड्याइने प्रचलन रहिआएको छ । त्यही ८ वटा डोरीले ८ कुनामा बसेर लिंगो ढाल्ने कार्य भएको थियो ।
लिंगोको टुप्पोमा झुण्ड्याइएका २ वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिने ईतिहाासविद्ले जनाए ।

भक्तपुरको प्रसिद्घ बिस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । यो जात्रालाई शत्रुहन्ता जात्रा समेत भन्ने गरिन्छ । लिंगो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो ।

मल्ल राजाहरुले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी ८ रात ९ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइएको छ । लिंगो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटी ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको थियो ।

भैरव र भद्रकाली देवदेवीको जात्रालाई नेपाल भाषामा द्यो ल्वाकिगु भनिने गरिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल