काठमाडौं–भक्तपुरको मध्यपुर थिमिका नेवार समुदायले आइतबार सिन्दुर जात्रा मनाएका छन् ।

बिस्केट जात्राको अवसरमा मनाइने मध्यपुर थिमिवासीको सिन्दुर जात्रा ज्यादै प्रसिद्ध छ ।

त्यहाको किंवदन्ती अनुसार देवता लाय्कू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्छन् ।

सिन्दुर जात्राको क्रममा बालकुमारी, कालिकाको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिन्छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि स्थानीयहरु हातहातमा बत्ती लिएर नाइकको आज्ञा अनुसार बालकुमारीको खट उचालिन्छ । दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ ।

त्यसबेला थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको अगुवाईमा खट बोकेर जात्रा गरी टोलटोलमा बाजागाजा सहित सिन्दुर छर्दै सिन्दुर जात्रा गरिन्छ ।

मध्यपुरथिमि बोडेको ७ वटा खट, टिकनी÷नगदेश १÷१ वटा खट र थिमिको २३ खट गरी कुल ३२ खट बोकेर सिन्दुर जात्रा मनाइन्छ । यहाँका नेवार समुदायले मूल देवतालाई खटमा राखेर धिमेबाजा बाजाउँदै हातमा बालेको बत्ति सहित सिन्दुर जात्रा मनाउँदै आएका छन् ।

यो सिन्दुर जात्रा हरेक चौवाटो, चोक सहित नगरपरिक्रमा गर्दै स्थानीयले हरेक घरको झ्याल, कौसी र छतबाट फूल र सिन्दुरको वर्षा गरेर सिन्दुर जात्राको स्वागत गरेर मनाउने परम्परा छ ।

जात्रामा सहभागीहरुले काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका राखिएको खटलाई खुशीका साथ एकआपसमा सिन्दुर दलेर नगरपरिक्रमा गर्छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल