काठमाडौं–राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुरप्रसाद डाँगीको निधन भएको छ ।

राप्रपाले चैत २७ गते गरेको आन्दोलनका क्रममा घाइते भएका ६५ वर्षीय डाँगीको उपचारको क्रममा सोमबार बिहान निधन भएको हो ।

उनको छाउनी अस्पतालमा उपचार भैरहेको थियो । आन्दोलनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट उनी घाइते भएका थिए ।

अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको राप्रपा केन्द्रीय पार्टी कार्यालयले जनाएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्यन्ह राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि दाहसंस्कार गरिने पार्टीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल