काठमाडौं– कर्णाली प्रदेश अछामको मेल्लेख गाँउपालिका ६ शोडषामा सोमबार बिहान आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय अछामका मेल्लेख गाउँपालिका ६ शोडशाका बोहराको खरले छाएको बाँझोछानोमा आगलागी हुँदा स्थानीय रमेश बोहराका ६ वर्षीय छोरा गोपाल बोहरा र दिपक बोहराकी ८ वर्षीया छोरी भावना बोहराको मृत्यु भएको हो ।


मेल्लेख गाउँपालिकाको केन्द्रबाट १० किलोमिटर पूर्वमा रहेको शोडषामा आगलागी भएपछि प्रहरीको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी अधिकारीले जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल