काठमाडौं– कोशी प्रदेश मोरङ जिल्लाको विराटनगरस्थित रानीमा दुई समूहबीच विवादले उग्ररुप लिएपछि तनावग्रस्त भएको छ ।
विराटनगर १५ र १७ वडाको बीचमा एउटा समूहले अवरोधपछि सुरु भएको विवाद बढेपछि बुधबार दिउसो रानी क्षेत्र तनावग्रस्त भएको हो ।
परिस्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा अहिले प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !