काठमाडौं– वर्षा, सहकाल र दीर्घजीवनको देवताको रुपमा पूजीने प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा गर्न भक्तजनको भीड लागेको छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमी(मंगलबार) का दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको हो ।
चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो ९ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ निर्माण गरिन्छ । त्यसको खर्च गुठी संस्थानले व्यहोर्ने गर्छ ।


सो रथमा चैते दशैंका दिन ( यो पटक बैशाख ४ गते) सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा थाल्ने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याएर रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न थालिन्छ ।

महानगरपालिकाले रथजात्रा सहित तान्ने सडकहरुमा सवारीलाई निषेध गरेको छ । वैशाख ४ गते(अष्टमी अर्थात चैते दशैं) रथलाई तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको छ । चैत ५ गते असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका पुर्याइने छ । चैत ६ गते सो रथलाई हनुमानढोका दरबारबाट मरु टोल, चिंकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्यान्छ ।

मच्छिन्द्रनाथको रथ लगन पुगेपछि स्वागत स्वरुप भोज खाने चलन छ । वर्षा, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा मल्लकालीन राजा यक्ष मल्लको पालाबाट निकाल्न थालिएको किंवदन्ती रहिआएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बेलुका सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल