नुवाकोट– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले अहिले भइरहेको शासन व्यवस्थामाथि खतरा रहेको बताउदै चिन्ता व्यक्त गरेकी छिन् ।

उनले भनिन्,‘जुन व्यवस्था हामीले ल्याएका छौ । यो व्यवस्था बलियो बनाउने गरी हामी मिडियाकर्मी साथीहरु परिचालित हुनपर्छ । पहिलो आग्रह गर्न चाहन्छु ।’

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेलेभनिन्,‘थुप्रै ठाउँमा व्यवस्थालाई नै कमजोर हुने गरी कतिपय कुरा बाहिर आइरहेको अवस्थामा त्यत्रो रगत बग्ने गरी ल्याएको व्यवस्थालाई ।’ उनले थपिन्,‘यो व्यवस्थाको कमीकमजोरीहरु र व्यवस्थापन गर्न नसकेका कारण कमीकमजोरी देखिएको छ ।’

उनले नुवाकोटबाट प्रकासित त्रिशूली प्रवाह साप्ताहिकको २५ आंै वर्ष प्रवेश तथा रजतजयन्तीको अवसरमा प्रकासित विषेशाङ्कको सदरमुकाम विदुरमा विहिबार विमोचन कार्यक्रममा बताइएकी हुन् । ‘तर यो व्यवस्था आफैमा बेठीक छ भन्ने निष्कर्षमा हामी पुग्ने होइन्,’ उपाध्यक्ष घिमिरेलेभनिन्,‘यो कुरामा सर्वप्रथम हामी सँग व्यवस्था नै रहेन भने त मिडियाकर्मी साथीहरु हिजो के हालत थियो ? त्यही नै हालत हो फेरी । त्यो व्यवस्था हामी सबैले ल्याएको हो । मिडियाकर्मी पनि छुटेको छैन, कर्मचारी छुटेको छैन । राजनीतिक दलले त जुलुसै गरेका हुन् । कुनै क्षेत्र समुदाय छुटेको छैन । यो व्यवस्था ल्याउन सकौ भनेर ।’
व्यवस्था प्रतिको कमजोरी भएका ठाउामा विष्लेषण तथा छलफल, सिर्जनात्मक बनाउन सकिने उपाध्यक्ष घिमिरेले आग्रह गरिन् । पत्रकारिता क्ष्ँेत्र संवेदनशील भएको र पत्रकारहरुले अझै संवेदनशील भएको काम गर्न आग्रह गरिन् ।

उनले स्थानीय तहमा विद्यायन समिति रहने गरेको बताउँदै अहिले ४० वटा कानुनहरु बनाउनुपर्ने एक अध्ययनले देखाएको बताइन् ।
‘अहिले २४ वटा प्रदेश र ६ वटा स्थानीय तहले कानुन बनाउनु पर्ने देखिएको छ,’उनले भनिन् ‘स्थानीयतहले माथिल्लो कानुनभन्दा गलत ढंगले कानुन बनाउन हुँदैन ।’

राष्ट्रिय सभाले कानुन निर्माण गर्न सहजीकरण गर्दै आइरहेको बताउदै उपाध्यक्ष घिमिरेले पहिला दिगो विकास तथा सुशासन समिति रहेको र अहिले विकास तथा आर्थिक मामिला सुशासन समितिले प्रदेश र स्थानीयतहमा बन्ने कानुनलाई सहजीकरण गर्ने छ । राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरेले दिगो विकास लक्ष्य हासिल गर्न सबै स्थानीय तहले राम्रो कार्य गर्न आग्रह गरिन् ।

त्रिशूली प्रवाह साप्ताहिक ०५७ वैशाख १ गते बिहीबारदेखि प्रकाशनमा आएको पत्रिकाले जनाएको छ ।
धेरै आरोहअवरोह पार गरेर यो स्थितिमा आएको प्रकासक तथा सम्पादक शरणउत्सुक सापकोटाले बताए ।

पत्रिको वार्षिकोत्सव कार्यक्रममा शुभकामना दिंदै नुवाकोट पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नवदीप श्रेष्ठ, उपभोक्ता हितसंरक्षण मंचका अध्यक्ष ईन्द्र पण्डित, पूर्व नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष धननारायण चित्रकार, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, एमालेका नेता रामशरण प्याकुरेल, नेपाल पत्रकार नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, महासंघका केन्द्रिय सदस्य ध्रवकुमार रावल, विदुरनगरपालिकाका उपमेयर प्रभा बोगटी, नुवाकोट प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठ, नेकपा माओवादी केन्द्र नुवाकोटका जिल्ला अध्यक्ष पुष्प लामिछाने, एमाले नुवाकोट अध्यक्ष बद्री मैनाली, कांग्रेस नुवाकोट सभापति रमेश महत, प्रदेश पूर्व मन्त्री केशव पाण्डे, संविधानसभा सदस्य राज्यलक्ष्मी पाण्डे, पूर्व प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा लगायतले पत्रिकाको प्रगति र शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संचालन विष्णु तारुकेले गरेका थिए भने रसुवाका जेष्ठ पत्रकार ज्ञानेन्द्र न्यौपाने जी लेकाली लगायत विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागीता थियो ।

पत्रिकाले अब अनलाईनमार्फत समाचार सम्प्रेषण गर्दै जाने प्रकाशकले जनाएका छन् । पत्रिका नुवाकोट, रसुवा, धादिङ, काठमाडौ ंलगायत कार्यक्षेत्र रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल