काठमाडौं– स्थानीय सामुदायिक वनमा लागेको आगो वस्तीमा फैलिएपछि गुल्मी जिल्लाको इस्मा गाउँपालिका– २ मा आगलागी हुँदा ३८ घरगोठ जलेर नष्ठ भएको छ भने २ जना घाइते भएका छन् ।

स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्केर १३ वटा घर र २५ गोठ जलेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । आगोले गोठमा रहेका ४० भन्दा बढी भैंसी तथा बाख्रा जलेको बताइएको छ ।

आगलागीमा घर जलेपछि स्थानीयलाई रातकाट्न सुरक्षित स्थानमा राखिएको त्यहााको स्थानीय प्रशासनले जनाएको छ । उक्त गाउँपालिकाबाहेक अन्यत्र स्थानमा पनि आगलागी भएको छ ।

आगलागी र त्यसले पुर्याएको क्षतिको बिवरण आउन बाँकी छ ।
आगलागीबाट इस्मा गाउँपालिका– १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालमा थप उपचार हुन नसकेपछि पाल्पाको लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल