काठमाडौं– गण्डकी प्रदेश गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र ताल क्षेत्रमा हिउँ पहिरो खसेको तल्लो तटीय क्षेत्रका वासिन्दा त्रसित बनेका छन् ।

वीरेन्द्र तालमा हिमपहिरो आएपछि सामागाउँबाट साम्दो जाने पैदलमार्गमा पर्नेे काठेपुल बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । पहिला पनि साना हिउँपहिरो जाने गरेको र अहिले अलि ठूलो हिउपहिरो आएको पालिका अध्यक्ष लामाले बताए ।


विश्वव्यापी रुपमा आइरहेकोे मौसम परिवर्तन पनि जमेको हिउँ पग्लने क्रम बढेको र पहिरोपछि तालबाट बग्ने पानीको बाहब बढेको बताइएको छ । यो ताल मनास्लु हिमालको काखमा छ र यो समुद्र सतहदेखि ३७ सय मिटर उचाईमा पर्छ ।

उक्त हिउँपहिरोका कारण बुढीगण्ड नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई त्रसित छन् भने पालिकाले उनीहरुलाई सजक रहन आग्रह गरेको छ । तालमा माथिबाट झरेको हिउँपहिरोले साविकको भन्दा बढी पानीको बहाव बढेको छ ।
वीरेन्द्र ताल फुटेको भन्ने हल्लाले स्थानीय त्रसित समेत भएका छन् ।

तर हिउँपहिरो तालमा खसेपछि तालको पानीको बहाव बढेपछि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकलाई समेत सजग रहन भनिएको छ । अहिलेसम्म कुनै मानवीय क्षेती भने नभएको बताइएको छ । यो ताल मनास्लु संरक्षण क्षेत्र भित्र रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल