काठमाडौं– खाडी मुलुक कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आउन लागेका मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


’नेपाल सरकार मन्त्रिपरिषदको २०८१ साल बैशाख १० बो बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर मौसूफ शेख तमिम विन हमाद अल थानीले गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा २०८१ साल बैशाख ११ गते मंगलबारका दिन नेपालभर सार्वजनिक बिदा दिने’ निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ ।


गणतन्त्र आएपछि गृह मन्त्रालयले पहिलो पटक अमिर(राजा)को मौसुफ शव्द प्रयोगमा ल्याएको छ ।
विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक विदा दिने यसअघिको अभ्यासअनुसार कतारका राजाको भ्रमणमा विदा दिने निर्णय बताइएको छ ।


कतारका राजाको भ्रमणका क्रममा हुने विभिन्न सम्झौताबारे मन्त्रिपरिषद्को बैठकमा छलफल भएको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल