नुवाकोट– विदुर नगरपालिकाको १४ औं नगर सभाले संसोधित योजना तथा कार्यक्रम पारित गरेको छ ।
चालु आर्थिक वर्ष २०८०–८१ को संसोधित योजना तथा कार्यक्रम सोमबार विदुरमा आयोजित नगरको १४ औं नगरसभाले पारित गरेको हो । उक्त कार्यक्रम पारित गरियोस् भनेर नगर सभाध्यक्ष एवं नगर प्रमुख राजन श्रेष्ठले प्रस्तुत गरेका थिए ।
उक्त नगरसभाले ताली बजाएर कार्यक्रम पारित गरिएको थियो ।
नगर उप–प्रमुख प्रभा बोगटीले चालु आब ०८०।८१ को संशोधित योजना तथा कार्यक्रम र रकमान्तर शीर्षक तथा बजेट ४ करोड ९५ लाख ५५ हजार रकम प्रस्तुत गरेकी थिइन् ।
सभामा नगरसदस्यहरुले बाँदरले नियन्त्रण गर्न, अस्थायी रोजगारी सिर्जना गर्न, कृषि क्षेत्रलाई बढी योगदानका कार्यक्रम ल्याउन समेटन नगरसभालाई आग्रह गरेका थिए । सभाध्यक्ष रहेका नगरप्रमुख श्रेष्ठले सभामा उठेका विषयलाई समेट्दै जाने बताए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !