नुवाकोट–परापूर्वकालदेखि चलिआएको लिच्छविकालीन शक्तिशाली देवी नुवाकोटकी भैरवीदेवीको सिन्दुरे (भैरवी वर्षबन्धन) सुरु भएको छ ।
हरेक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन साततल्ले दरवार भन्दा दक्ष्ँिणपश्चिम भागमा रहेको बुढी भैरबी मन्दिर परिसरमा र त्यसभन्दा अलिमाथि छोरी भैरबी मन्दिर पछाडि दोस्रो लिंगो आलम सहित ठड्याएपछि भैरवी बर्षबन्धन नामले समेत चिनिने सिन्दुरे जात्रा पर्वको सुरुवात भएको मानिन्छ ।
लिंगो ठड्याउनुभन्दा पहिला यहा“ रहेकी जिवित कुमारी (दिनेशा डंगोल) को हातबाट भैरवी मन्दिरका पूजारी तथा धामी (हरिमानसिं डंगोल)ले साइतमा स्नान कार्य गरेर बन्दुक पड्काएपछि धामीलाई भोटो र जामा पहिराइन्छ । त्यसपछि गरगहना, मुकुट, बाला, चा“दीको पेटी, डमरु पात्र आदि पनि पहिराइन्छ । धामीले आफ्नो निवासमा सगुन लिन्छन् । नुवाकोट मौला अमाल प्रमुख द्धवारे महेन्द्रकुमार शाहीको घरमा जाने चलन छ । त्यसपछि काठमाडौबाट आएका तान्त्रिक बज्राचार्य(गुभाजु)ले मन्त्रोचारण गर्ने र गुठियारले धामीलाई पूजा गर्छन् । त्यसपछि गुभाजुले धामीधमिनीलाई भैरवभैरवी चढाउने विधि गर्छन् । महाबलि दिन्छन् । धामीधमिनी र अन्य गणलाई तलेजु मन्दिरमा गुभाजूद्वारा विशेष पूजाआजा गर्छन् ।
त्यसपछि भैरवी र गण (देवी र गणका मुकुट राखिएको) गणसहितको खट लिएर सूर्यगढीगाउँपालिका १ लच्याङका तामाङ समुदायका गुठियारले बोकेर भैरवीमाईकी जय भन्दै विदुरनगरपालिका ५ स्थित देवीघाटमा रहेको जालपादेवीतर्फ लागेका छन् । पछिपछि धामीधमिनी सहित प्रस्थान गरेका छन् । धरमपानी, नुवाकोट जंगल, बाराहीथान, बट्टार पुरानोबजार, इनारपाटी, बा“डाको चौतारो, माझिटार ठूलो बगैचा हुदै देवीघाट पुगेको छ । ठाउाठाउँमा रथमा भक्तजनले पूजा र बलि दिन्छन् ।
भैरवी मन्दिरदेखि जालपादेवी १५ किमी तल सूर्यमति र त्रिशूलीको संगमस्थल देवीघाटमा रहेको छ ।
देवीघाट मन्दिरभन्दा केही माथि धामीले त्रिशूली नदीमा नुहाई, कपडा विछ्याएर हिंडाई जालपादेवी मन्दिर पुर्याइएको छ ।
मंगलबार राति देवी जालपादेवीको माइती भनिने लिखुगाउ“पालिका ४ का गणखारका राई समुदायले चुनेको बोको धामीले बलि लिएपछि अन्य बलि लिने कार्य सुरु हुन्छ । धामीले बलि लिएको त्यो हेर्न हजारौ भक्तजन तथा स्थानीयवासिन्दा मंगलबार राति देवीघाट ओरिएका छन् । बलि खाइसकेपछि धामीले राति एकवर्षभरि राष्ट्रमा हुने भविष्यवाणी गर्छन् । त्यो लेखेर राष्ट्र प्रमुखकोमा पठाउने चलन छ ।
बुधबार देवीघाटबाट भैरवीको खट र धामी फर्केर नुवाकोटको धरमपानीमा बास वस्छन् । बिहिबार देवीबाजा र व्याण्ड बाजागाजा सहित खट सहित धाामीधमिनी भैरवी मन्दिर पुगेपछि व्दवारेले धामी धमिनीलाई सिन्दुर छर्केरपछि सिन्दुरे जात्रा जात्रा गरिन्छ । त्यसलाई सिन्दुरे जात्राको नामले चिनिन्छ ।
काठमाडौं बालाजु २२ धारामा पनि मेला
काठमाडौं महानगरपालिका १६ स्थित बालाजु बाइसधारामा मंगलबार मेला लागेको छ ।
प्रत्येक वर्ष चैतशुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्छ । मेला ५ दिनसम्म मनाइन्छ । स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ भन्ने गर्छन् । २२ धारामा स्नान (नुहाए) गरेमा मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे सरह पुण्यको साथै मनोकांक्षा प्राप्त हुने जनविश्वास रहिआएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !