काठमाडौ–विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा भएको छ ।

२०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट ८ हजार ९ सय ७० जनाले मृत्युवर गर्नु पर्यो । सो भूकम्पबाट २३ हजार ३ सय ३ जना घाइते भएका थिए ।

बारपाक जमिनमुनि १० देखि १५ किलोमिटर केन्द्रविन्दुभित्रबाट भूकम्प सिर्जना हुँदा जापानको हिरोसिमामा शहरमा गरिएको ३ सय ३५ वटा एटोमिक बम बराबरको शक्ति जमिनभित्र उत्पन्न भएर निस्केको तरंग रुपमा फैलिन पुगेको भूविज्ञले जनाउँदै आएका छन् ।

वि.सं. १९९० साल माघ १ गतेपछि २०७२ साल बैशाख १२ गतेको भूकम्पले नेपालमा ठूलो जनधनको क्षति गरयो । पुनः २०७२ साल बैशाख २९ गतेको थप क्ष्ँति पुर्याएको थियो । भूकम्पबाट ५ लाख ११ हजार ३९० घर पूर्ण क्षति भए भने २ लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुग्यो ।

गोरखा भूकम्पबाट ३२ जिल्लामा क्षति पुगेको थियो । गोरखासहित धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर, सिन्धुली र मकवानपुर गरी १४ जिल्लामा बढी क्षति पुगेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल