काठमाडौ– मदेशप्रदेश महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछीमा भीषण आगलागी हुँदा १ सय जलिसकेका घरका छन् भने ५० वटामा आगलागी भैरहेको छ ।


आगो नियन्त्रण गर्न प्रयास गरेपछि अझै आगो नियन्त्रणमा नआएको बताइएको छ ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासिन्दा लगायतले आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगोमा परेर खोटाङमा १ को मृत्यु

कोशी प्रदेशको खोटाङ जिल्लाको रावाबेंसी गाँपालिका–१ स्थित हरमटार–मैनचौर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको मृत्यु भएको छ ।


हरमटार–मैनचौर सामुदायिक वनको किनारमा बुधबार दिउँसो झिक्रा तथा पातपतिङ्गरमा लागेको आगो निभाउनेक्रममा उनको मृत्यु भएको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल