नुवाकोट–रसुवा भन्सारबाट राजश्व छलि गरेका सामान बरामद गरिएको छ ।
बुधबार मध्यान्ह अस्थाई प्रहरी पोष्ट बिदुर नुवाकोटले सवारी साधन चेकजाँच गर्ने क्रममा रसुवा टिमुरेबाट काठमाडौं चल्ने प्रदेश ३–०१–००५ ख ९४६५ यात्रु वाहक सवारी साधन चेक गर्दा भन्सार छली गरी ल्याएको सामान नियन्त्रणमा लिई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले जनाएका छन् ।
प्रहरीका अनुसार बरामद गरिएका सामानको मूल्य १ लाख रुपैयाँ बराबरको रहेको छ । ती सामानहरुमा तेल १२ कार्टुन, रेडबुल १६ कार्टुन, चियापति ३ कार्टुन,सस ३ वटा, अचार २ कार्टुन,मसला २ कार्टुन र चकलेट ६१ प्याकेट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी भारतीले जनाए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !