नुवाकोट–मानव बेचविखन तथा ओसारपसार मुदामा फरार अभियुक्त २६ वर्षपछि पक्राउ परेका छन् ।
नुवाकोट साबिक बेतिनी गाविस ७ हाल दुप्चेश्वर गाउँपालिका ४ का ५५ वर्षिय रामबहादुर भन्ने जंगबहादुर तामाङलाई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोलीले खोजतलास गर्ने क्रममा बुधबार बेलुका नुवाकोट तादी गाउँपालिका ४ सातबिसेमा लुकीछिपी हिंडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी बिहिबार नुवाकोट जिल्ला अदालतमा पेश गरिएको थियो ।
अदालतले निजलाई कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले बताए ।
निज तामाङको मिति २०५५ साल माघ १९ गतेको मकवानपुर जिल्ला अदालतले ९ वर्ष ७ महिना १० दिन कैद गर्ने फैसला गरेको थियो । तर निज फरार भएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !