नुवाकोट–जिल्लाको पूरानो सदरमुकाम नुवाकोटको भैरवी मन्दिर प्रांगणमा सिन्दुरे जात्रा मनाइएको छ । विहिबार विदुरनगरपालिका २ भैरवीमन्दिरदेखि दक्षिणमा रहेको धरमपानीको पाटीमा भैरवी मन्दिरका पूजारी धामी र धमिनी बुधबार राति देवीघाटबाट त्यहा“ आएर बस्ने चलन छ ।
विदुरनगरपालिका ५ देवीघाट स्थित जालपादेवी मन्दिरबाट बुधबार राति धामीधमिनी, उपासे, राजप्रतिनिधि, नुवाकोट मौलाअमालका प्रमुख तथा व्दारे, नुवाकोट भैरवीको रथमा राखिएका अष्टमात्रिका, बाह्रभाई गणको मुकुटलाई धरमपानीको पाटीमा ल्याएको थियो । बिहिबार साइत हेरेर दिउ“सो ३ बजेको समयमा गुभाजुले पूजाविधि गरि सेनाले सलामी अपर्ण गरेको थियो ।
बुधबार राति पहिला देवीघाट जालपादेवीबाट पहिला धमीनी, रथ लगायत नुवाकोटतर्फ आउँछन् । उनीहरु गई सकेपछि धामी, उपासे, नुवाकोट मौला अमालका प्रमुख व्दारे र गुभाजुले मध्यरात भएपछि कसैले चल नपाउने धामीले विधिपूर्वक राति पूजा गर्दै उल्टो हिंडेर नुवाकोट भैरवी मन्दिरतर्फको बाटो आउनु पर्छ । त्यतिबेला कसैले धामीले उल्टो हिंडेर पूजा गर्दै गरेको देखेमा अनिष्ट भई तत्काल मृत्युवरण हुने जनविश्वास अद्यपी रहिआएको छ । त्यसैले देवीघाट जालपादेवी गएका धामी फकिंदा कसैले हेर्दैनन् । त्यसपछि राति धरमपानीको पाटीमा धामी, धमिनी, उपासे बस्छन् ।
बिहिबार दिउँसो सेनाले शलामी अपर्ण गरिसकेपछि जिल्लाका सरकारी पदाधिकारी सहित सेनाको व्याण्ड बाजा, देवीको चाडपर्वमा बजाइने बाजा, धिमे बाजा सहित शक्ति पीठ भैरवीको खट, धामीधमिनी सहित भैरवीथान ल्याइएको थियो । भैरवीको मन्दिरछेउ कुमारीको उपस्थितिमा तान्त्रिक विधि अनुसार गुभाजुले धामी धमिनी, गणेशलाई विधिपूर्वक पूजा गरी गाजल लगाए । गुभाजुले विधि गरेपछि राजप्रतिनिधि, नुवाकोट मौला अमालका प्रमुख व्दारे महेन्द्रकुमार शाहीले धामी र धमिनीलाई सिन्दुरे छर्कन्छन् । त्यसपछि सबैलाई सिन्दुर छर्केपछि सिन्दुरे जात्रा भनिएको हो ।
राजा पृथ्वीनारायण शाहले नुवाकोट विजयी भएको अवसरमा सिन्दुर जात्राको प्रचलन सुरुवात गराएको राजप्रतिनिधि शाहीले बताए । भैरवीमा सिन्दूर जात्रा गरेपछि बाजागाजा सहित भैरवीको खटलाई साततल्लेदरबारमा सेनाले भैरवी सलामी दिएका थिए । त्यसपछि राजप्रतिनिधि शाहीको निवास अगाडि हा“स सहितको बलि पूजा दिएको दिइएको थियो । भत्किएको पा“च तल्ले तुलजा भवनीको प्रांगणमा समेत सेनाले सलामी दिएका थिए । त्यसपछि धामी, धमीनी र गणेश र कुमारलाई तुलजा भवानीका उपसेहरुले भोज खुवाइएका थिए । तलेजु भवानीको मन्दिरमा बलि चढाई भैरवीथानको प्रांगण लामपाटीमा पुनःखट फकाईएको छ ।
त्यसपछि काठमाडौ बसन्तपुरमा रहेकी कंडेलचोकको भगवती नुवाकोट आउँछिन् । उनी नागपानीदेवी डिलमा बसेर फर्किन्छिन् । एकसातापछि सिन्दुरे जात्रा सम्पन्न हुने राजप्रतिनिधि शाहीले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !