काठमाडौं– मदेश प्रदेशको महोत्तरी जिल्लामा दुई वस्ती आगजनीमा परेर नष्ट भएपछि अहिले ५ सय स्थानीय बेघर भई बिचल्लीमा परेका छन् ।

महोतरी मटिहानी नगरपालिका –६ जरहवागाछीका ५ सय स्थानीयका १ सय १० घर आगोले खरानी भएपछि बिचल्लीमा परेका हुन् । उक्त वस्तीमा बुधबार आगलागी भई लत्ताकपडा, धनमाल जलेर नष्ट भएको थियो । मटिहानी–६ जरहवागाछीका अग्नीपीडित त्रिपालको भरमा रात बिताइरहेका छन् भने सुख्खा चिउरा खाएर छाक टारिरहेका छन् ।

उक्त वडाको मियाँटोलबाट आगो सल्किएको थियो । यहाँ धेरै विपन्न परिवारको बसोबास छ । अर्काको बनिबुतो गरी खाने स्थानीयवासीमा अहिले जिउमा लाएको एकसरो लुगा बाहेक अरु केही निकाल्न नपाएको पीडितहरुले बताए । त्यहाा सुत्केरी महिला, साना बालबालिका र वृद्धवृद्धालाई खुला आकाशमुनि रात कटाउन गाह्रो भएको छ । वस्तीमा मानवीय क्षति नभएपनि भाँडाकुडा र शौचालयको समस्या छ ।

महोतरी जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले अग्नीपीडितलाई २० हजार प्रतिपरिवार दिने निर्णय गरेको स्थानीय प्रशासनले जनाएको छ ।

आगलागी पीडितलाई बिहीबार नेपाली सेनाले खाना खुवाउने व्यवस्था मिलाएको भने अन्य संघसंस्थाले विभिन्न सामाग्री सहयोग गर्ने तत्परता देखाएका छन् ।
साभारः एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल