नुवाकोट–राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले शुक्रबार साँझ मसाल जुलुस निकालेको छ ।
बर्दियाका पूर्व राप्रपा अध्यक्ष स्वर्गीय ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्नुपर्ने, हिन्दूराष्ट्र कायम गर्न, संघीयता खारेज गर्नु पर्ने, भ्रष्टाचारीलाई कारवाही गर्न र सुशासन कायम गर्नुपर्ने लगायतका मागहरु सदरमुकाम बिदुरमा निकालिएको मसाल जुलुसमा प्रहरी हस्तक्षेप भएको राप्रपा बागमती प्रदेश प्रवक्ता विष्णुप्रसाद सापकोटाले बताए ।
मसाल जुलुस पार्टी कार्यालयबाट सुरु भई विदुरबजार चोकमा आएपछि प्रहरीले मसाल खोसेको थियो । त्यसपछि पार्टीका नेता तथा कार्यकर्ताले प्रहरी दमनको भत्सना गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !