काठमाडौं–वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा थालिएको छ ।
ललितपुरको पुल्चोकबाट शनिबार रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको हो । यहीं रथ निर्माण बैशाख १२ गतेबाट थालेर २७ गते बिहिबार रथारोहण गराइएको थियो । रातो मच्छिन्द्रनाथसँगै मीननाथको रथ पनि तानिएको छ । मीननाथलाई मच्छिन्द्रनाथका बाबु भएको किंवदन्ती छ । उनको रथ भने अलि सानो होचो हुन्छ । दुवै रथलाई शनिबार गाःबहाल पु¥याइएको छ ।
नेपालकै सबैभन्दा लामो जात्रा रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा विधिवत् रुपमा बिहीबारदेखि नै थालिएको हो ।
बिहिबार ललितपुरको कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर पाटनको तःबहालमा ल्याइएको थियो । त्यसपछि सोही साँझ उनको मूर्तिको रथारोहण गरिएको थियो ।
म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरेर रथमा राखिएको थियो ।

वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतीयाका दिन अर्थात् (२८ गते शुक्रबार) गौदान सहितको शान्ति स्वस्तिपश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिएको हो । रथलाई ललितपुरको पाटनका सबै टोल, गावहाल, सुन्धारा, लगनखेल घुमाइन्छ ।
त्यसपछि असार शुक्ल चौथीमा ललितपुरको जावलाखेल पुर्याएर अन्तिम दिन भोटो देखाएर जात्रा सकिन्छ । त्यस दिन पहिला त राजसंस्था हुँदा राजाको सवारी हुने गरेको थियोभने अहिले राष्ट्रपतिले जात्रा नजर गर्छन् ।
जात्रा अवलोकन गर्न यो पटक ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले विदेशी राजदूत तथा नियोगका पदाधिकारी, विदेशी दातृनिकायका प्रमुखलाई निमन्त्रणा गरेका छन् । रातो मच्छिन्द्रनाथ जात्राभर १५ किलोमिटर डोरीको सहायताले रथ तानेर परिक्रममा गराई बताइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !