काठमाडौं–अफगानिस्तानमा र इन्डोनेसियामा बाढीबाट सयौं मृत्यु भएको छ भने ठूलो संख्यामा बेपत्ता भएका छन् ।

अफगानको उत्तरी क्षेत्रमा बाढीबाट सयौँ मानिसको मृत्यु भएको बताइएको छ । आपत्कालीन सहायता र उद्धार टोलीहरुले आइतबार पनि कठिनाई भइरहेको छ ।

अफगानिस्तानमा शुक्रबार ठूलो वर्षाले धेरै प्रान्तमा अचानक बाढी आएको थियो । बाढीबाट उत्तरी बघलान प्रान्त सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । उक्त प्रान्तमा बाढीले सडक र पुलहरू क्षतिग्रस्त हुँदा सहायता पुर्याउन व्यवधान भएको छ ।

सबैभन्दा विनाशकारी क्षेत्रमध्येको एक बुर्काबाट करिब दुई घन्टाको सवारमा रहेको शेख जलालमा खाद्यान्नले भरिएका ट्रक, सैन्य वाहन, उद्धारकर्मी र स्थानीय बाढीले सडकलाई बगाएपछि फसेका छन् ।


तालिबान सरकारको शरणार्थी मन्त्रालयले आइतबार बघलानमा बाढीबाट ३ सय १५ जनाको मृत्यु भएको र १ हजार ६ सयभन्दा बढी घाइते भएको बताएको छ । मन्त्रालयले २ हजारभन्दा बढी घर क्षतिग्रस्त भएको र १ हजार गाईवस्तु मारिएको बताइएको छ ।
डब्ल्युएफपीले शनिबार बघलानमा ३ सयभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि गरेको थियो । तालिबान अधिकारी र गैरसरकारी समूहहरूले मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।


त्यसैगरी इन्डोनेसियामा बाढी र ज्वालामुखीबाट ४० को मृत्यु १७ बेपत्ता रहेका छन् । त्यहाँ पनि बाढीले वेपत्ताको खोजी भरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल