काठमाडौं–रुसी राष्ट्रपति दुईदिने भ्रमणमा चीन पुगेका छन् ।
पुटिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङकै उपस्थितिमा ग्रेट हल अफ पिपुल परिसरमा भव्य स्वागत गरिएको छ । रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता भएको छ ।
दुवै राष्ट्रपतिले मुख्य मुदामा रुस र चीन एकसाथ रहेको विभिन्न संचार माध्यमहरुले जनाएका छन् । साथै राष्ट्रपति पुटिनले युक्रेनसँग वार्ताका लागि रुस तयार रहेको बताइएको छ । चिनियाँ समाचार संस्थालाई दिएको अन्तर्वार्तामा पुटिनले पश्चिमा देशहरुले झुटका आधारमा प्रतिबन्ध लगाउन प्रयास गरेको बताइएको छ ।
राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सी चिनफिङसँग भेटवार्ता गरेपछि सीले पुटिनलाई रुसी राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा बधाई दिएको र चिनियाँ राष्ट्रपति सीले चीन सधैं रुसको असल छिमेकी, साथी र साझेदार बन्न चाहेको चीनीयाँ संचार माध्यमले जनाएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !