काठमाडौं–स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ ।
बुधबार दिउँसो ब्रातिस्लावाबाट उत्तर–पूर्वमा रहेको सानो सहर ह्यान्डलोवामा प्रधानमन्त्री फिकोमाथि गोली हानिएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।
५९ वर्षिय फिकोको अहिले उपचार भइरहेको छ । बुधबार नै करिब ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको छ । प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था गम्भिर रहेको बताइएको छ ।
स्लोभाकियाका राष्ट्रपति तथा नेताहरुले उनीमाथिको आक्रमणलाई लोकतन्त्रमाथिको आक्रमण भएको बताएका छन् । आक्रमणकारीलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । उनको पहिचान भने सार्वजनिक गरिएको छैन । उनी एक ७० वर्षिय लेखक तथा राजनीतिक अभियन्ता भएको बताइएको छ ।
प्रधानमन्त्री फिकोमाथि आक्रमणकारीले ५ पल्ट गोली हानिएको र तुरुन्तै अस्पताल लगिएको थियो । उनीमाथि गोली प्रहारको घटनालाई लिएर विश्वका अधिकांश राष्ट्र प्रमुखले स्वास्थ्य लाभको कामना गर्दै आक्रमणकारीको घोरभत्सना गरेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !