नुवाकोट–भन्सार छलि गरेर लुकाई ल्याएको रासायनिक मल बरामद गरी सरोकारवाला निकायमा बुझाइएको छ ।

नुवाकोट बिदुरनगरपालिका वडा १ ढुंगे स्थित सडकमा सवारी चेकजाँच गर्ने क्रममा बा.३ ख ९१३७ नम्बरको आईचरमा भन्सार छलि गरि ल्याएको २० बोरा यूरिया मल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले बताए ।

उक्त मल कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागि सवारी साधन सहित आन्तरिक राजस्व विभाग हरिहर भवन, ललितपुरमा लगि बुझाईएको उनले बताए ।

उक्त मल भारत हुँदै गल्छीबाट ढुंगेतर्फ ल्याउदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएका प्रहरी अधिकृत सहितको टोलीले सवारीसाधन सहित रासायनिक मल बरामद गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल