नुवाकोट–बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

दुप्चेश्वरगाउँपालिका ३ की रुपसानी तामाङको उपचारको क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले बताए ।

शनिबार बिहान नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा ३ राउतबेसीस्थित पुरगाउँबाट सदरमुकाम विदुरतर्फ आउदै गरेको बा २ ख ६३८१ नम्बरको बसले बिपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०२–०२० प ४८५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक दुप्चेश्वर गाउँपालिका ३ का अक्सर तामाङ र पछाडी सवार निजकै श्रीमती रुपसानी तामाङ थिए ।

उनीहरु घाईते भई तत्काल उपचारको लागि ग्राण्डी अन्तराष्ट्रिय अस्पताल काठमाडांैमा पठाईएकोमा उपचारकै क्रममा आइतबार सवा १० बजेको समयमा रुपसानीको मृत्यु भएको हो । उनका श्रीमान् अक्सर तामाङको उपचार भई रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक लिखु गाउँपालिका वडा ४ का मुनहरि मगर सहित बसलाई प्रहरीको नियन्त्रणमा लिई कारवाही थालिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल