काठमाडौ–भीषण वर्षाका कारण अफगानिस्तानमा आएको बाढीले ५० जनाको मृत्यु भएको छ भने हजारौं घर क्षति भएको छ । अफगानिस्तानमा फेरी भीषण वर्षा भएको हो ।
बाढीका कारण केही अफगानीहरु हराइरहेका त्यहाँका तालिबान अधिकारीले जनाएका छन् । बाढीले भौतिक संरचना अन्तर्गत सडकहरु भत्किएका छन् भने बाढीग्रस्त क्षेत्रमा उद्धारमा कठिनाइ भएको बताइएको छ ।
अफगानिस्थानको घोर प्रान्तका अधिकारीले २ हजार घर पूर्णरूपमा भत्किएको र ४ हजार आंशिक रूपमा क्षति पुगेको छ । २ हजारभन्दा बढी खुद्रा व्यवसाय गर्ने भवनमा बाढी छिरेको बताइएको छ ।
गत साता मात्र उत्तरी अफगानिस्तानमा बाढीका कारण ३१५ जनाको मृत्यु भएको थियो भने १ हजार ६ सयभन्दा बढी घाइते भएको त्यहाँका अधिकारीले जनाएका छन् ।
साभारःविभिन्न संचारमाध्यमको सहयोगमा
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !