काठमाडौं– ताइवानको संसदमा कुटाकुट भएको छ ।
विद्येयक पास गर्ने तयारी भईरहेको बेला एक जना सांसदले विद्येयक नै लिएर हिंडेपछि भएको विवादपछि संसद भित्र कुटाकुटमा परिणत भएको थियो ।
डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डिपिपी) र विपक्षी दल कुओमिन्ताङ पार्टी र ताइवान पिपुल्स पार्टी(टिपिपी)का सांसदहरुबीच झडप भएको हो ।
शुक्रबार संसदका कार्यविधिहरुमा सुधार गर्ने विधेयकलाई छलफल गरी भोटिङबाट पास गराउने कार्यसूची थियो ।
११३ सदस्यीय संसदमा विधेयक पास गर्न मतदान सुरू हुनुअघि पक्ष र बिपक्ष बीच झडमा परिणत भएको हो ।
विधेयक पास हुन नदिनका लागि डिपिपीका सांसदहरूले सभामुखको पोडियम घेरेका थिए । त्यसपछि विपक्षी दलहरूका सांसदहरूले उनीहरूलाई धकेलेर त्यहाँबाट हटाउने प्रयास गरेका थिए।
ताइवानी संचार माध्यमहरुले जनाए अनुसार डिपिपीका सांसद कुओ वेनले विधेयकको फाइल नै बोकेर भाग्न खोजेपछि सांसदहरूबीच विवाद चुलिएको थियो ।
त्यसक्रममा दुई दलका सांसदहरुबीच भनाभन हुँदै मुक्का हानाहान र एकअर्कालाई समातेर भुईमा पछारेका थिए ।
झडपमा डिपिपीका केही सांसद घाइते भएपछि संसद भवनबाटै स्ट्रेचरबाट बाहिर एम्बुलेन्स हुँदै नेशनल ताइवान युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।
ताइवानका राष्ट्रपति लाइ चिङ ते ले पदभार गर्नुअघि संसदमा मुठभेड भएको हो ।
लाइ चिङ ते गत पुसमा ताइवानको राष्ट्रपति निर्वाचित भएका र उनले सोमबार पदभार ग्रहण गरेको अघिल्लो दिन संसदमा झडप भएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !