काठमाडौ–कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।
मंगलबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।
सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी सहितको टोलीले कार्यालय पुगेर पक्राउ गरेका थिए ।
उनलाई नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालत,धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
अध्यक्ष सिरोहिया विरुद्ध सर्लाही जिल्लाका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा २०८१ साल बैशाख १६ गते किटानी जाहेरी दिएका थिए ।
सोही जाहेरीको आधारमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।
यता सिरोहियाले आफ्नो नागरिकता सही भएको दावी गर्दै व्यक्तिगत प्रतिशोधले आफूविरुद्ध झुटो आरोप लगाएको जनाएका छन् । उनले आफ्नो नागरिकता छानबिन प्रक्रिया रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण देखाउन गृह मन्त्रालय र प्रहरीका नाममा आदेशसमेत गरेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !