नुवाकोट– नुवाकोट जिल्लास्तरीय लिग छनौट नकआउट फुटबल प्रतियोगिताको उपाधि बट्टार युथ क्लबले पाएको छ ।

बुधबार भएको फाईनल खेलमा बट्टार र वनदेवी युवा क्लबबीच भएको खेलको ट्राइब्रेकरमा बट्टारले वनदेवीलाई ४–३ गोल अन्तरले हरायोको थियो । खेलको सुरुमा दुवै टिमले १÷१ गोल गरेका थिए ।

बट्टारका सागर दर्जी र वनदेवीका विशाल थापामगरले गोल गरेका थिए । समय अवधिभर दुवै क्लबबाट बराबरी गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । प्रतियोगिताका विजेता र उपविजेतालाइ विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले संयुक्तरूपमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त प्रतियोगिता नुवाकोट फुटबल संघको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको चौरमा भएको खेलमा जिल्लाका १० वटा क्लब सहभागी थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल