काठमाडौं–२५६८औं बुद्ध जयन्ती, चण्डीपूर्णे, उभौली लगायत विधि कार्यक्रम गरी देशभर मनाइको छ ।

कहीं बुद्धको रथयात्राको साथै पूजन, गुम्बामा पूजापाठ, किराँत समुदायले उभालीको रुपमा साकेला, कहीं आफ्नो कुलदेवताको पूजा तथा बलि दिएर बैशाखशुक्ल पूर्णिमा मनाएका छन् ।


बिहिबार बुद्धको जन्मस्थल लुम्बिनीमा बिहानै ७ बजे मायादेवी मन्दिरमा पूजापाठ र विश्व शान्तिका लागि प्रार्थना तथा दर्शन गर्न भीड लगेको छ भने मन्दिरबाट अन्तर्राष्ट्रिय ध्यान केन्द्रसम्म शोभायात्रा निकालिएको थियो ।
बुद्धजयन्तीका दिन वैशाख शुक्लपूर्णिमा लुम्बिनीमा भिडभाड लागेको हो । लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक, बौद्धभीक्षु लगायत भरिभराउ भएको छ । लुम्बिनीमा प्रधानमन्त्री समेत सहभागी थिए ।


त्यसैगरी बैशाख शुक्लपूर्णिमाको अवसरमा किराँत समुदायले आफ्नो उभौलीको रुपमा साकेला पर्व मनाएका छन् । उनीहरु पितृ तथा भूमिको पूजाआजा गर्दै साकेला मनाउने गर्छन् साकेला पर्व वैशाख शुक्लपूर्णिमा उभौली र मंसिर शुक्लपूर्णिमाको अवसरमा उधौली गरी वर्षमा दुईपटक मनाउने गर्छन् । साकेला नाच्ने र एकआपसमा सद्भाव साटेर गर्छन् ।


बैशाख शुक्लपूर्णिमालाई चण्डीपूर्णे पनि भनिन्छ । चण्डीपूर्णिमाको अवसरमा काभेमा रहेको चण्डी भगवतीको जात्रा गरी मनाइन्छ भने विभिन्न जातजातिले आफ्नो कूलदेवताको पूजा गरी बलि दिने परम्परा रहिआएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल