नुवाकोट–नुवाकोट बेलकोटगढीनगरपालिका वडा १० तादीखोलास्थित घुमाउने दहमा पौडी खेल्ने क्रममा दुई जना किशोर मृत्यु भएको छ ।
नुवाकोट ककनी गाँउपालिका वडा ४ का १८ वर्षिय हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा १३ का १९ वर्षिय रोजन तामाङ पौडी खेल्दा बेपत्ता भएपछि प्रहरी टोलीले बेहोस अवस्थामा फेला पारी जिल्ला अस्पताल त्रिशूलीमा लगेपछि त्यहाँका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले जनाए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शनिबार दिउसो १ बजे अन्दाजी १८÷१९ उमेर समूहका ६ जना किशोरहरु तादीखोलामा पौडी खेल्न गएका थिए ।
उनीहरुमध्ये तीदुई जना पौडी खेल्ने क्रममा डुबेका थिए । उनीहरु डुबेको जानकारी पाउनासाथ प्रहरी चौकी तादीपुल नुवाकोट र विदुरस्थित कार्यालयबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा खटिएर खोजतलास गरी उनीहरुलाई पानी बाहिर झिकेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !