काठमाडौं–नेपाल–चीन सिमा जोडिएका १४ वटा व्यापारिक नाका शनिवारदेखि खुलेका छन् ।

संखुवासभा जिल्लाको उत्तरी सिमाना किमाथांकासहित १४ वटा व्यापारिक नाका खुलेको एक समारोह शनिबार घोषणा गरिएको छ । कोरोनाका कारण ५ वर्षदेखि बन्द भएको नाका एकैसाथ खुलेका छन् । चीनको स्वयत्त क्ष्ँेत्र तिव्वतका उपाध्यक्ष सिलाङ निमा र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहकाबीच १४ वटै व्यापार नाका संचालनमा आएको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठको टोलीले संखुवासभाको किमाथांका पुगेका थिए ।

शनिबारदेखिसंखुवासभाको किमाथांका, दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङसँग सीमा जोडिएका नाका खुलेको परष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ पक्षले अरु ७ वटा नाका छिटै खुलाउादै जाने बताइएको छ ।

दुई देशबीच लामो समयदेखि कूटनीतिक पहलबाट निरन्तर छलफल भर्ई परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएको बताइएको छ ।

नाका खुलेपछि भोटखोलाबासीलाई सहज हुने बताइएको छ । यो नाका बन्द भएपछि संखुवासभाको सदरमुकाम खाँदबारीबाट दैनिक उपभोग्य सामाग्री महंगोमा खच्चडमा ढुवानी गरेर जीवनयापन गर्न भोटखोलावासी बाध्य थिए । अब सस्तोमा तिव्वतको डेन्दाङ र चाागा बजारबाट नुनतेल सहित उपभोग्यवस्तु ल्याउन सहज हुने बताइएको छ ।

नाका खुल्ला भएपछि भोटखोलाका किमाथांका, च्याम्ताङ, चेपुवा, हटिया लगायतका स्थानीयवासीलाई राहत पुग्ने छ ।

संखुवासभा जिल्लाको सदरमुकाम खाादबारी किमाथांका सडक निर्माणाधिन छ । खाादबारीदेखि किमाथांकाको दुरी १६२ किलोमिटर रहेको छ । नाखा खुलेपछि नेपालमा उत्पादित परम्परागत हस्तकला तथा अन्य सामग्रीले चिनियाँ बजारमा सहजै पहुँच पुग्ने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल