नुवाकोट–शहिद कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवस मनाइएको छ ।
आइतबार सदरमुकाम विदुरमा शान्ति सम्बृद्धि, स्थायित्व र समाजवादका लागि जनपक्ष्ँीय पत्रकारिता भन्ने नाराका साथ प्रेस सेन्टर नेपाल नुवाकोटले इच्छुकको संझाना गरिएको हो । उनले साहित्य लेखन र पत्रकारिताको माध्यमबाट देशमा परिबर्तनका निम्ति योगदान पुर्याएका प्रगतिशील लेखक, साहित्यकार एवं बरिस्ठ पत्रकारका रुपमा चिनिन्छन् ।
स्मृति दिवसमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सल्लाहकार ईन्द्रबहादुर पण्डित, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ध्रुव रावल, नेपाल प्रेस युनियन केन्द्रिय सदस्य किरण अधिकारी, प्रेस सेन्टर नुवाकोटका ईन्चार्ज बद्री प्याकुरेल लगायतले पत्रकार कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवसमा उनको व्यक्तित्वमाथि चर्चा गरेका थिए ।
कार्यक्रममा उनको तस्बिरलाई पूmलमाला चढाए संझाना गरिएको थियो । कार्यक्रम प्रेस सेन्टर नुवाकाेटका अध्यक्ष रामहरि गजुरेलको सभापतित्वमा भएको थियो ।
उनी २०५९ साल जेठ १३ गते काठमाडौंमा राज्य पक्ष्ँबाट मारिएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !