काठमाडौ–एसइईको परीक्षामा फेल भएका (नन ग्रेडेड) भएका सबै विद्यार्थीले पुनः परीक्षा दिन पाउने भएका छन् ।

यो निर्णयले साव १ लाख विद्यार्थीले मौका परीक्षामा सामेल हुन पाउने छन् ।

विद्यालय तह कक्षा १२ लाई अन्तिम खुट्किलो मानिएकोले एसइई अनुत्तीर्ण भनिएका सबै विद्यार्थीले सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सरकारले अनुत्तीर्ण भनिएका सबैलाई मौका परिक्षामा सामेल गराउने निर्णय गरेको बताइएको छ ।

राज्यले परीक्षा परिणामलाई मात्र खोज्नु भन्दा सार्वजनिक विद्यालयको अवस्था, नियमनकारी निकायको भुमिका, शिक्षक–अभिभावकको दायित्व र शिक्षा लिने दिने पद्धतिमा सुधार खोज्नुपर्ने निकर्ष सरकारले निकालेको छ । यसअघि २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि भनेर आगामी साउन १८ र १९ गते मौका परीक्षा संचालन गरिने बताइएको थियो ।

तर सबैलाई कहिलेदेखि मौका परीक्षा लिने भन्ने सम्बन्धमा केही खुलाइएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल