काठमाडौं– गुगल सर्च इन्जिन प्लाटफर्मको गुगलको ट्रान्सलेट सेवाले नेवारी (नेपाल भाषा) उल्था थालेको छ ।
बिहीबार ब्लगपोस्टमार्फत गुगलले विश्वका ११० भाषा थप गरेको जानकारी गराएको बताइएको छ । नेपालको नेवार समूदायको मातृभाषा पनि समेटिएको छ । गुगल ट्रान्सलेटबाट अब विभिन्न भाषालाई नेपालभाषामा उल्था गर्न सकिन्छ ।
गुगलले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी विविध भाषा उल्था गर्ने सुविधा ल्याएको छ । एआईको पाल्म–२ ल्यांग्वेज मोडलको सहयोगमा ६१ करोडभन्दा धेरैले बोल्ने क्यान्टोजी भाषादेखि अफ्रिकामा बोलिने फन, स्वाती, वलोफसँगै नेपालको नेवारी भाषालाई गुगल ट्रान्सलेटमा राखिएको उल्लेख छ ।
विश्व नेवा संगठनले सन् २०२१ देखि नै गुगल ट्रान्सलेटका इन्जिनियर समूहलाई अंग्रेजीबाट नेपाल भाषामा अनुवाद गर्ने परियोजनाका लागि सहयोग गर्दै आएको थियो । सन् २०१३ को डिसेम्बरमा गुगलले नेपाली भाषालाई गुगल ट्रान्सलेट सेवामा समावेश गरेको थियो ।
गुगल ट्रान्सलेटमार्फत भाषागत अवरोधलाई तोडेर मानिसहरुलाई आपसमा जोड्न खोजिएको गुगलले जनाएको छ । यसअघि सन् २०२२ मा जेरो–सट मेसिन ट्रान्सलेसन प्रविधिमा आधारित भएर नयाँ भाषाहरु थप गरिएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !