काठमाडौं– सरकारमा सामेल एमालेका मन्त्रीहरुलाई सतर्क(अलर्ट) रहन एमालेलेका अध्यक्ष खड्गप्रसाद ओलीले निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनाउने चर्चा भईरहेका बेला ओलीले मन्त्रीहरुलाई अलर्टमा रहन निर्देशन दिएको बताइएको छ । सोमबार दिउसो प्रधानमन्त्री पुष्पकमल दाहाल र ओलीबीच बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री दाहालसँगको कुराकानीमा एमालेलाई अनुकूल हुन नसकेमा ओलीले मन्त्रीहरुलाई फिर्ता बोलाउने बताइएको छ । एमालेले आफ्ना मन्त्रीहरुलाई टाढाको कार्यक्रममा नजान भनिएको बताइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !